मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फागुन ३ देखि मतदाता शिक्षा अभियान, बदर मत घटाउने आयोगको लक्ष्य

884
SHARES
फागुन ३ देखि मतदाता शिक्षा अभियान, बदर मत घटाउने आयोगको लक्ष्य

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले निर्वाचन आयोगले देशव्यापी मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

मतदान प्रक्रिया सरल र सहज बनाउँदै बदर मतको संख्या घटाउने लक्ष्यसहित आयोगले फागुन ३ गतेदेखि १७ गतेसम्म कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ ।

देशभरका ७५३ स्थानीय तहअन्तर्गत रहेका ६ हजार ७४३ वटै वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिनेछ । ती स्वयंसेवकले मतदाताको घरदैलो तथा बस्तीमा पुगेर नमूना मतपत्रमार्फत मतदान गर्ने तरिका र निर्वाचनको महत्वबारे जानकारी दिनेछन् ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार विगतदेखि नै स्थानीय तहमा तोकिएका सम्पर्क व्यक्तिलाई यसपटक मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ताको जिम्मेवारी दिइएको छ ।

आयोगले मतदाता शिक्षाले निर्वाचनमा सहभागिता बढाउने र बदर मतको अनुपात घटाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

कार्यक्रम प्रभावकारी बनाउन आयोगले सातै प्रदेश सरकार, सबै स्थानीय तह, राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम तथा सरोकारवाला निकायलाई सहकार्यका लागि आग्रह गरेको छ ।

आमनागरिकलाई मताधिकारको महत्व र मतदान प्रक्रियाबारे स्पष्ट जानकारी दिने उद्देश्यले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको आयोगले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २८, बुधबार ०३:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP