मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देउवा पक्षले ८८५ प्रतिनिधिको हस्ताक्षर फिर्ताको प्रमाण आयोगमा बुझायो

1.4K
SHARES
देउवा पक्षले ८८५ प्रतिनिधिको हस्ताक्षर फिर्ताको प्रमाण आयोगमा बुझायो

काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षर फिर्ता लिएको दाबी गर्दै त्यससम्बन्धी कागजात निर्वाचन आयोगमा बुझाएको छ । गगन थापा नेतृत्वमा विशेष महाधिवेशनमार्फत केन्द्रीय कार्यसमिति गठन भएको दुई दिनपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा गएको टोलीले ८८५ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर फिर्ताको प्रमाण पेश गरेको हो ।

थापा नेतृत्वको समूहले बिहीबार पार्टीको आधिकारिकता दाबी गर्दै आयोगमा निवेदन दिएको थियो । त्यसको भोलिपल्ट, शुक्रबार कार्यवाहक सभापति खड्काले पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा भ्रातृ संगठनका प्रतिनिधिसहित आयोग पुगेर हस्ताक्षर फिर्तासम्बन्धी कागजात दर्ता गराएका हुन् ।

खड्का नेतृत्वको टोलीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमक्ष हस्ताक्षर फिर्ता लिएको निवेदन र त्यसका प्रमाण बुझाएको बताइएको छ । कांग्रेसभित्र विशेष महाधिवेशन र पार्टी आधिकारिकतासम्बन्धी विवाद यससँगै थप पेचिलो बन्दै गएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २, शुक्रबार ०७:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP