मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सर्लाहीमा वन हेरालुको हत्या: झाडीमा भेटियो छुट्टिएको टाउको

2.5K
SHARES
सर्लाहीमा वन हेरालुको हत्या: झाडीमा भेटियो छुट्टिएको टाउको

सर्लाही । घाँटी छिनाएर हत्या गरिएका वन हेरालु रामईश्वर महतोको टाउको फेला परेको छ । प्रहरीका अनुसार घटनास्थल नजिकैको झाडीमा महतोको टाउको भेटिएको हो ।

सर्लाही प्रहरीका प्रवक्ता डीएसपी सरोज राईले टाउकोविहीन शव शनिबार नै फेला परेको र त्यसपछि घटनास्थल वरपर खोजतलासका क्रममा टाउको फेला परेको जानकारी दिए । उनका अनुसार घटनास्थलको मुचुल्का र प्रारम्भिक अनुसन्धानपछि शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ ।

शनिबार सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राईटरखोरस्थित सागरनाथ वन विकास परियोजनाको जंगलभित्र ४७ वर्षीय महतोको शव टाउको बिना फेला परेको थियो । महतो सोही परियोजनामा ज्यालादारीमा वन हेरालुको रूपमा कार्यरत थिए ।

प्रहरीका अनुसार महतोको शव घरबाट करिब ५०० मिटर टाढा जंगलभित्र भेटिएको थियो । स्थानीयवासीहरूले शनिबार बिहान करिब ५ बजेतिर जंगलतर्फ रुख काटिएको आवाज सुनेपछि घटनास्थलतर्फ गएको बताइएको छ ।

घटनाको गम्भीरतालाई मध्यनजर गर्दै प्रहरीले धनुषाको लालगढबाट तालिमप्राप्त कुकुर झिकाएर अनुसन्धान अघि बढाएको छ । यस घटनामा संलग्न हुनसक्ने आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष २०, आईतवार ०८:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP