मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

साझा स्वास्थ्य क्लिनिकको १० वर्ष पूरा, सुलभ र बहुआयामिक स्वास्थ्य सेवा विस्तारको योजना

3.4K
SHARES
साझा स्वास्थ्य क्लिनिकको १० वर्ष पूरा, सुलभ र बहुआयामिक स्वास्थ्य सेवा विस्तारको योजना

काठमाडौं । कलंकी–१४ हनुमान गल्लीमा अवस्थित साझा स्वास्थ्य क्लिनिकले स्थापना भएको १० वर्ष पूरा गरेको अवसरमा स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि सुलभ, गुणस्तरीय र बहुआयामिक स्वास्थ्य सेवा अझ प्रभावकारी रूपमा उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । सामान्यदेखि जटिल स्वास्थ्य समस्या भएका बिरामीलाई एकै स्थानमा सहज उपचार दिने उद्देश्यले स्थापना गरिएको क्लिनिक हाल हनुमान गल्ली क्षेत्रकै भरपर्दो स्वास्थ्य केन्द्रका रूपमा स्थापित हुँदै गएको छ ।

क्लिनिकले हाल ओपिडी (OPD), ईसीजी (ECG), भिडियो एक्स–रे, दन्त सेवा, फिजियोथेरापी, अकुपन्चर तथा रगत परीक्षणजस्ता अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । आधुनिक उपकरण, अनुभवी चिकित्सक तथा दक्ष स्वास्थ्यकर्मीमार्फत सेवा दिइएकाले बिरामीहरूले स्थानीय स्तरमै गुणस्तरीय उपचार पाउँदै आएका छन् ।

१० वर्षे प्रवेशको अवसर पारेर क्लिनिकले ओपिडी सेवा अबदेखि ४०० रुपैयाँमा उपलब्ध गराउने जनाएको छ । साथै, सर्वसाधारणको स्वास्थ्य अवस्थालाई विशेष ध्यानमा राख्दै चिकित्सकको सिफारिस अनुसार ईसीजी सेवा निःशुल्क प्रदान गरिँदै आएको छ । निःशुल्क ईसीजी सेवा बिहान ७ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म सञ्चालन हुने क्लिनिकले जानकारी दिएको छ ।

दन्त सेवाअन्तर्गत दाँत सफा गर्ने सेवा ६०० रुपैयाँमा तथा बालबालिकाको दुधे दाँत निकाल्ने सेवा १०० रुपैयाँमा उपलब्ध गराइएको छ । दन्त सेवा बिहान ७ः०० बजेदेखि १०ः०० बजेसम्म सञ्चालन हुने जनाइएको छ ।

क्लिनिक प्रशासनका अनुसार आगामी दिनमा सेवाको दायरा थप विस्तार गर्दै समुदायमुखी स्वास्थ्य सेवामा अझ सक्रिय भूमिका खेल्ने लक्ष्य लिइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष १४, सोमबार ०६:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP