मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उच्च अदालतको आदेशपछि लामिछाने आज रिहा हुँदै

2.7K
SHARES
उच्च अदालतको आदेशपछि लामिछाने आज रिहा हुँदै

काठमान्डु । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रिहा हुने भएका छन् । उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी कारागारमुक्त हुन लागेका हुन् ।

ललितपुरस्थित नख्खु कारागारमा रहेका लामिछानेलाई जिल्ला अदालत रुपन्देहीबाट आवश्यक कागजात प्राप्त भएपछि मात्रै औपचारिक रूपमा रिहा गरिने कारागार प्रशासनले जनाएको छ । यसका लागि उनी आज भैरहवा पुग्ने कार्यक्रम रहेको छ ।

उच्च अदालतले लामिछानेलाई दुई करोड ६८ लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो । अदालतले बुझाइएको धरौटी रकम स्वीकार गरेपछि रिहाइको प्रक्रिया अघि बढेको हो ।

रवि लामिछाने छुट्ने खबर फैलिएसँगै बिहीबार नख्खु कारागार परिसरमा समर्थक र शुभेच्छुकको ठूलो भीड देखिएको थियो । भीडले कारागार क्षेत्र केही समय तनावग्रस्तसमेत बनेको थियो ।

रिहाइपछि लामिछानेले के प्रतिक्रिया दिनेछन् र राजनीतिक गतिविधि कसरी अघि बढाउनेछन् भन्ने विषयमा चासो बढेको छ । पार्टीका नेताहरूले भने अदालतको आदेशलाई सम्मान गर्दै कानुनी प्रक्रियामा विश्वास रहेको प्रतिक्रिया दिएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष ४, शुक्रबार ००:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP