मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जेनजी आन्दोलनमा भागेका ९ हजार ६९७ कैदीबन्दी फिर्ता, ४ हजार ८५७ अझै फरार

1.4K
SHARES
जेनजी आन्दोलनमा भागेका ९ हजार ६९७ कैदीबन्दी फिर्ता, ४ हजार ८५७ अझै फरार

काठमान्डु । जेनजी आन्दोलनको समयमा कारागारबाट भागेका कैदीबन्दीमध्ये ९ हजार ६९७ जना विभिन्न चरणमा समातीएर वा आत्मसमर्पण गरेर पुनः हिरासतमा फिर्ता भएका छन् । तर ४ हजार ८५७ जना अझै फरार अवस्थामा रहेको सरकारको ताजा विवरणले जनाएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको बिहीबार बसेको बैठकमा यस्तो तथ्यांक प्रस्तुत गरेका हुन् । उनका अनुसार फिर्ता नआएकाहरूलाई समाउन सरकारले विशेष अपरेसन सञ्चालन गरिरहेको छ ।

गृहमन्त्री अर्यालले फरार रहेका व्यक्तिहरू अधिकांश सीमावर्ती क्षेत्रमा लुकिरहेका अनुमान गरिएको बताउँदै उनीहरूलाई खोजी, निगरानी र समन्वयमार्फत नियन्त्रणमा ल्याउन सुरक्षाङ्गहरूले सक्रियता बढाएको जानकारी दिए ।

उनका अनुसार कैदीबन्दी फरार घटनापछि जेल सुरक्षाको स्तरबारे थप अध्ययन गरिँदैछ । “आन्दोलनका क्रममा देखिएको सुरक्षा कमजोरीका कारण यस्तो अवस्था देखियो । अब पुनरावृत्ति नहोस् भनेर संरचना, प्रविधि र जनशक्तिको पुनर्समीक्षा भइरहेको छ,” उनले समितिलाई जानकारी गराए ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर ११, बिहीबार ०९:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP