मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपाल–बंगलादेश ऊर्जा सहकार्य : थप २० मेगावाट निर्यात गर्ने सहमति

1.4K
SHARES
नेपाल–बंगलादेश ऊर्जा सहकार्य : थप २० मेगावाट निर्यात गर्ने सहमति

काठमान्डु । नेपालले बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति गरेको छ । अहिले चलिरहेको ४० मेगावाट ऊर्जा निर्यातमा वृद्धि गर्दै दुबै देशबीच विद्युत् व्यापार विस्तार गर्ने निर्णय भएको हो ।

यो सहमति बिहीबार ढाकामा बसेको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको सातौँ बैठकमा भएको हो । बैठकमा नेपाली टोलीको नेतृत्व ऊर्जा सचिव चीरञ्जीवी चटौटले गरेका थिए भने बंगलादेशी पक्षको नेतृत्व ऊर्जा सचिव फर्जना ममताजले गरेकी थिइन् ।

साथै, बैठकमा सुनकोशी–३ जलविद्युत् आयोजना अघि बढाउने विषयमा समेत महत्वपूर्ण प्रगति भएको छ । बंगलादेशले आयोजनाको मूल्यांकनका लागि विशेषज्ञ समिति गठन गर्ने, लगानी प्रक्रिया तीव्रता दिने र संयुक्त लगानी सम्झौता (जेभीए) छिटो टुंग्याउने सहमति गरेको छ ।

दुबै देशबीच ऊर्जा सहयोग विस्तार हुँदै गएसँगै दीर्घकालीन विद्युत् व्यापारका नयाँ सम्भावना खुलेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर ११, बिहीबार ०९:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP