मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रावल आज नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्दै, मातृभूमि जागरण अभियान समाहित हुने

3K
SHARES
रावल आज नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्दै, मातृभूमि जागरण अभियान समाहित हुने

काठमाडौं । नेकपा (एमाले) का पूर्व उपाध्यक्ष भीम रावल आज (बुधबार) काठमाडौंमा आयोजित विशेष कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा औपचारिक रूपमा प्रवेश गर्दै छन् । रावलले केही समयअघि स्थापना गरेको ‘मातृभूमि जागरण अभियान, नेपाल’ समेत नयाँ पार्टीमा समाहित हुने भएको छ ।

पार्टी स्रोतका अनुसार, रावललाई नेपाली कम्युनिष्ट पार्टीको हाइकमाण्ड सदस्यको रूपमा भूमिकासहित स्वागत गरिने तयारी गरिएको छ । पार्टीभित्र रावललाई संगठन सुदृढीकरण र नीति निर्माणमा जिम्मेवारी दिनेबारे छलफल भइरहेको बताइएको छ ।

रावलले आइतबारमात्र पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेतासँग विस्तृत संवाद गरेका थिए । सो छलफलपछि उनले आफ्नो अभियान र विचारधारात्मक धारलाई व्यापक राजनीतिक एकतामा रूपान्तरण गर्ने निष्कर्ष निकालेका हुन् ।

उनले हालको राजनीतिक अस्थिरता, विभाजन र वैचारिक विचलनको अवस्थामा कम्युनिष्ट शक्तिहरूबीच एकता अपरिहार्य रहेको धारणा राख्दै समायोजनमा सहमति जनाएका हुन् ।

आज दिउँसो काठमाडौंमा हुने ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ मार्फत भीम रावलले औपचारिक रूपमा नेपाली कम्युनिष्ट पार्टीको सदस्यता ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ । उक्त कार्यक्रममा प्रचण्ड, माधव नेपालसहित अन्य वरिष्ठ नेताहरूको उपस्थितिमा रावलले पार्टी प्रवेश घोषणा गर्नेछन् ।

रावलले यसअघि एमालेमा लामो समय नेतृत्व गर्दै संविधान निर्माण, पार्टी संगठन तथा नीतिगत सवालमा सक्रिय भूमिका खेलेका थिए । अहिले उनले नयाँ राजनीतिक सहकार्यको माध्यमबाट मुलुकको राजनीतिक स्थायित्व र वैचारिक स्पष्टता कायम गर्ने लक्ष्य लिएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २६, बुधबार ०१:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP