मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मन्त्री घिसिङद्वारा इलामका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण

3K
SHARES
मन्त्री घिसिङद्वारा इलामका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण

इलाम । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले इलामका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । उनले बाढीपीडित परिवारलाई भेटेर राहत वितरण पनि गरे ।

मन्त्री घिसिङले माइखोलास्थित टापु क्षेत्रमा बाढीले बगाएका २८ घरपरिवारलाई भेट गरी राहत वितरण गरे ।

आठ दिनदेखि अवरुद्ध मेची राजमार्गको राजदुवाली सडक खण्डको निरीक्षण गर्दै मन्त्री घिसिङले सडक खोल्ने कार्यलाई पहिलो प्राथमिकता दिएको बताए ।

अवरुद्ध सडकका सम्बन्धमा भूगर्भविद् तथा डिभिजन सडक कार्यालय इलामका इन्जिनियरसँग समेत उनले छलफल गरे ।

गृहमन्त्री ओमप्रकाश अर्यालसमेत इलाम आउने कार्यक्रम सार्वजनिक गरिएको थियो । तर, उनी नआएपछि इलाम नगरपालिकामात्र निरीक्षण गरेको भन्दै अन्य पालिकाका पीडितहरूले सामाजिक सञ्जालमा आलोचना गरेका छन् । राजमार्ग अबरुद्ध हुँदा इन्धन र स्वास्थ्य सेवामा समेत संकट चुलिएको छ ।

गत १८ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा इलाममा मात्रै ३९ जनाले ज्यान गुमाएका छन्, १ जना बेपत्ता छन् भने घर क्षतिको कारण २६५ परिवार विस्थापित भएका छन् । जसमध्ये १७२ परिवार इलाम नगरपालिकामा मात्र छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन २५, शनिबार ०९:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP