मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सवारी परीक्षण कार्यालय इटहरीका प्रमुख र लेखापाललाई मन्त्रालय तानियो

2.7K
SHARES
सवारी परीक्षण कार्यालय इटहरीका प्रमुख र लेखापाललाई मन्त्रालय तानियो

काठमाडौं । इटहरीस्थित सवारी परीक्षण कार्यालयमा अनियमितता र घुस प्रकरणमा मुछिएका कार्यालय प्रमुख र लेखापाललाई जिम्मेवारीबाट हटाइएको छ । सेवाग्राहीबाट घुस माग्ने, मोलमोलाहिजा गर्ने र अनावश्यक हैरानी दिने लगायतका गुनासोहरू आएपछि आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कारबाही गरेको हो ।

मन्त्रालयको निर्णयअनुसार मेकानिकल इन्जिनियर तथा कार्यालय प्रमुख रोशनकुमार देव र लेखापाल चन्द्रबहादुर बस्नेतलाई पदमुक्त गरी मन्त्रालयमै फिर्ता बोलाइएको छ । उनीहरुले मिलेमतोमा राजस्व हिनामिना गरेको आशंका गरिएको छ ।

उक्त कार्यालयले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारी साधनको बाटो इजाजतपत्र, सवारी साधनको जाँचपास, स्तर कायम, प्रदूषण परीक्षणलगायतका काम गर्दै आएको छ ।

सेवाग्राहीहरूले कार्यालयमा भइरहेको अनियमितताबारे ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङलाई प्रमाणसहित उजुरी दिएका थिए । उजुरी परेपछि मन्त्री घिसिङले तत्कालिन रूपमा दुवै जनालाई पदबाट हटाउन निर्देशन दिए ।

यसबारे छानबिन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रशासन महाशाखा प्रमुख बलराम रिज्यालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । समितिलाई १० कार्यदिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ । छानबिन समितिमा सेवाग्राहीसँग बयान संकलन, कर्मचारीहरूको बयान, कागजात अध्ययन र कारबाही सिफारिस गर्ने अधिकार दिइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन १३, सोमबार ०७:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP