मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनसुन सक्रिय : देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

3.6K
SHARES
मनसुन सक्रिय : देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेकोले देशभर सामान्य बदलीको अवस्था छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रभावले देशका विभिन्न भागमा वर्षा जारी छ ।

आज बिहान कोशी र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाइएको छ ।

दिउँसो पनि देशभर सामान्य बदली रहनेछ । पहाडी भूभागका केही स्थानहरूमा र तराईका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । विशेषगरी कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रहरूमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाको अनुमान छ ।

आज रातिसमेत देशभर सामान्य बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा अन्य क्षेत्रका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाले सम्भावित भारी वर्षाको जोखिमलाई ध्यानमा राखी, कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका बासिन्दालाई सतर्क रहन सुझाव दिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २८, शनिबार ००:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP