मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै

1.7K
SHARES
एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक अपरान्ह ३ः०० बजे पार्टी कार्यालय च्यासलमा बस्ने भएको हो ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा पार्टीको दोस्रो विधान महाधिवेशनका लागि तयार गरिएको राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ । उनका अनुसार तीनै प्रतिवेदन छलफल गरी पारित भएपछि विधान महाधिवेशनमा प्रस्तुत गरिनेछ ।

महाधिवेशनमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रतिवेदन र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आगामी भदौ २० देखि २२ गतेसम्म सञ्चालन हुनेछ । महाधिवेशनमा दुई हजार ३३ जना प्रतिनिधि र ३१७ जना अन्य गरी कुल दुई हजार ३५० जना सहभागी हुनेछन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १९, बिहीबार ०४:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP