मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पार्टीलाई शक्तिशाली बनाउन संघर्षको आवश्यकता : प्रचण्ड

1.5K
SHARES
पार्टीलाई शक्तिशाली बनाउन संघर्षको आवश्यकता : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो र पार्टीप्रति जनताको बुझाइ पहिले जस्तो नभएको बताएका छन् । शनिबार काठमाडौंमा भएको दलित मुक्ति मोर्चाको कार्यक्रममा बोल्दै उनले, प्रचण्डको नाम सुन्दा पहिले जसरी मानिसहरूले चित्र बनाएको थियो, अहिले त्यसमा फरक आएको उल्लेख गरे ।

प्रचण्डले भने, “हिजो जनयुद्ध गरेर शान्ति प्रक्रियामा आउँदा संगठन त्यति ठूलो थिएन, तर राप, ताप, वाइसिएल, सेना, क्यान्टेनमेन्ट र बन्दुक सबै थिए । म चुनावमा भोट हाल्न जाँदा जनमुक्ति सेनाका दुई गाडी अघिपछि राखेर भोट हाल्न जान्थें । त्यो बेलाको प्रचण्ड भनेपछि मानिसले कस्तो बुझ्थ्यो भनेको सोच्नुहोस् । अहिले त …छैन ।”

तर, उनले जनमुक्ति सेना पुनः बनाउनुको आवश्यकता आफूलाई नभएको स्पष्ट पारे । यद्यपि, पार्टीलाई पहिलेको जस्तै शक्तिशाली बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।

पार्टी एकढिक्का भएर सडकमा जानुपर्ने कुरामा जोड दिँदै उनले भने, “पार्टीलाई पहिले जस्तै शक्तिशाली बनाउनुपर्छ ।”

अध्यक्ष प्रचण्डले दलितहरूको अधिकार सुनिश्चित गर्न केवल ऐन र प्राधिकरण बनाएर कुरा नभइ संघर्षको माध्यमबाट अधिकार प्राप्त गर्नुपर्ने कुरामा जोड दिए । “हामी आन्दोलनमा जान्छौं, फेरि जेल, नेल, यातना खाने पनि तयार छौं । नत्र, माथिबाट नियम बनाइदिने नेताहरूले दलित ऐन र प्राधिकरण बनाइदिएर मुक्ति पाइन्छ भन्ने भ्रममा नपर्नुहोस् । हामीलाई शक्ति चाहिन्छ,” उनले भने ।

उनले चाडपर्व सकिएपछि सडकमार्फतै अघि बढ्ने योजना रहेको पनि बताएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १४, शनिबार १२:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP