मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

थाइल्यान्डकी प्रधानमन्त्री पेटोङ्टार्न शिनावात्रा पदमुक्त

1.8K
SHARES
थाइल्यान्डकी प्रधानमन्त्री पेटोङ्टार्न शिनावात्रा पदमुक्त

काठमाडौं । थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री पेटोङ्टार्न शिनावात्रालाई पदबाट हटाएको छ । २००८ यता अदालतले बर्खास्त गरेको उनी पाँचौँ प्रधानमन्त्री बनेकी छन् ।

राजाको इसारामा चल्ने सेना र अदालतको हस्तक्षेपबाट आक्रान्त थाइल्यान्डमा फेरि अनिश्चितताको अवधि सुरु हुने आशंका बढेको छ ।

कम्बोडियाका प्रधानमन्त्री हुन सेनसँग टेलिफोन संवाद सार्वजनिक भएपछि शिनावात्रा विवादमा परेकी थिइन् । सो संवादमा उनले हुन सेनलाई ‘अंकल’ भनेर सम्बोधन गर्नुका साथै थाइ सेनाको आलोचना समेत गरेकी थिइन् ।

त्यसपछि ३६ सिनेटरहरूले उनले नैतिक आचरण उल्लंघन गरेको भन्दै संवैधानिक अदालतमा उजुरी दिएका थिए ।

अदालतले प्रधानमन्त्रीका रुपमा नैतिक आचरण उल्लंघन गरेको ठहर गर्दै उनलाई पदमुक्त गरेको हो । अदालतका ९ न्यायाधीशमध्ये ६ जनाले उनलाई हटाउने राय दिएका थिए ।

यसअघि निलम्बित रहेकी प्रधानमन्त्री सिनावात्रा अब पदबाट पूर्ण रूपमा हट्नेछिन् ।

यो निर्णय शिनावात्रा नेतृत्वको पार्टी र उनको वंशका लागि ठूलो धक्का मानिएको छ । तर उनले अदालतको फैसलाको सम्मान गर्ने प्रतिक्रिया दिएकी छन् ।

अब चुनावसम्मका लागि उपप्रधानमन्त्रीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने एजेन्सीहरूले जनाएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १३, शुक्रबार ११:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP