मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अविरल वर्षापछि रोशी क्षेत्रका अवरुद्ध सडक खुले

2.6K
SHARES
अविरल वर्षापछि रोशी क्षेत्रका अवरुद्ध सडक खुले

काभ्रे । काभ्रेको रोशी क्षेत्रमा बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण अवरुद्ध भएका सडकहरू अहिले खुलाइएको छ । अवरोध हटेसँगै सवारी आवागमन पूर्ण रूपमा सञ्चालनमा आएको छ ।

बीपी राजमार्ग अन्तरगत चार ठाउँमा पहिरो जाँदा रोशी गाउँपालिका–९ को पिल्थलीबेशी र बिरुवाडाँडा, रोशी–११ को कालढुंगा खहरेखोला र रोशी–१२ माम्तीमा सुख्खा पहिरोले सडक अवरुद्ध भएको थियो ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख इश्वर कार्कीका अनुसार, बिहान ७ बजेदेखि सबै ठाउँको अवरोध हटाइएको हो । उनका अनुसार सडक अहिले पूर्ण रूपमा सञ्चालनमा आएको छ ।

अझै पनि वर्षा भइरहेकाले रोशी खोलाको सतह बढिरहेको जनाउँदै प्रहरीले सवारी चालकहरूलाई सावधानीपूर्वक सवारी चलाउन अनुरोध गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १२, बिहीबार ०३:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP