मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भारतले अस्वीकार गर्‍यो नेपालको लिपुलेक दाबी

2.3K
SHARES
भारतले अस्वीकार गर्‍यो नेपालको लिपुलेक दाबी

नयाँ दिल्ली । त्रिदेशीय नाका लिपुलेकबारे नेपालले व्यक्त गरेको दाबीलाई भारतले स्पष्ट रूपमा अस्वीकार गरेको छ । नेपालले बुधबार भारत–चीनबीचको सीमा व्यापार पुनः सुरु गर्ने निर्णयप्रति आपत्ति जनाउँदै आफ्नो धारणा सार्वजनिक गरेलगत्तै भारतले जवाफी प्रतिक्रिया दिएको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले विज्ञप्ति जारी गर्दै लिपुलेकमार्गबारे भारतको अडान पुरानै र दीर्घकालीन रहेको बताए । उनले भने, “लिपुलेक हुँदै भारत–चीनबीचको व्यापार १९५४ मै सुरु भएको हो । दशकौँदेखि यो मार्ग प्रयोग हुँदै आएको छ । पछिल्ला वर्षमा कोभिडलगायत कारणले व्यापार प्रभावित भए पनि हाल दुवै पक्षबीच सहमतिमा पुनः सञ्चालनमा ल्याइएको हो ।”

नेपालको भौगोलिक दाबीलाई उनले अस्वीकार गर्दै ऐतिहासिक तथ्यमा आधारित नभएको आरोप लगाए । प्रवक्ता जैसवालले भने, “एकतर्फी रूपमा भूभाग विस्तार गरेर गरिएको दाबी स्वीकार्य छैन ।” यद्यपि उनले नेपालको नाम प्रत्यक्ष रूपमा उल्लेख गरेका थिएनन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ५, बिहीबार ०४:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP