मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपसभामुख हटाउने प्रक्रियाबाट टाढै बस्छौँः एकीकृत समाजवादी

1.6K
SHARES
उपसभामुख हटाउने प्रक्रियाबाट टाढै बस्छौँः एकीकृत समाजवादी

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने पहल चर्काइरहेका बेला नेकपा (एकीकृत समाजवादी) ले भने उक्त प्रयासमा सहभागी नहुने स्पष्ट पारेको छ ।

पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले उपसभामुख हटाउने विषयमा अहिले कुनै औचित्य नभएको भन्दै कांग्रेस–एमालेको हस्ताक्षर संकलन अभियानलाई समर्थन नगर्ने बताए । ‘हामी उपसभामुख हटाउनेतर्फ जान्नौँ, अहिले त्यो आवश्यक छैन,’ चौधरीको भनाइ छ ।

एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष एवं संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले पनि उपसभामुख हटाउने विषय पार्टीमा औपचारिक रूपमा उठाइएन भन्दै आकस्मिक रूपमा ल्याइएको प्रस्तावप्रति असन्तुष्टि जनाएका छन् ।

नेपाली कांग्रेस र एमालेले संयुक्त रूपमा उपसभामुख हटाउन प्रस्ताव दर्ता गर्ने तयारी गर्दै उनीहरूले आफ्नो दलका सांसदबाट हस्ताक्षर संकलन सुरु गरिसकेका छन् ।

तर साना दलहरूको समर्थनबिना दुईतिहाइ मत पुग्न नसक्ने भएपछि एकीकृत समाजवादीको दूरीले उक्त अभियानमा अवरोध पर्ने संकेत देखिएको छ । अब कांग्रेस–एमालेले अन्य दलहरूलाई कसरी आफ्नो पक्षमा ल्याउँछन् भन्ने विषयले उपसभामुख हटाउने प्रस्तावको भवितव्य निर्धारण गर्नेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ३, मंगलवार ०७:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP