मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पशुपति आर्यघाट प्रकरणः शिवको पूजा गर्ने उद्देश्यले ‘एक मुठी खरानी’ मात्र लगेको बयान

1.8K
SHARES
पशुपति आर्यघाट प्रकरणः शिवको पूजा गर्ने उद्देश्यले ‘एक मुठी खरानी’ मात्र लगेको बयान

काठमाडौं । पशुपति आर्यघाटबाट जलिरहेको शवको खरानी र अंग संकलन गरेको आरोपमा पक्राउ गरिएका व्यक्तिहरूले भगवान शिवको पूजा गर्ने उद्देश्यले “एक मुठी खरानी” मात्र लगेको बयान दिएका छन् ।

साउन २३ गते शुक्रबार बनेपा–९ का राम शाहीको अन्तिम संस्कार हुँदै गरेको ठाउँबाट खरानी उठाएको आरोपमा काभ्रेका ६१ वर्षीय घाटे ब्राह्मण गणेश ढकाल र उदयपुरका २४ वर्षीय उनका सहयोगी विनायक मैनाली पक्राउ परेका थिए । उनीहरू अहिले गौशाला प्रहरी वृत्तमा हिरासतमा छन् ।

यस घटनामा संलग्न रहेको आरोपमा थप दुई जनालाई पनि बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरु काठमाडौंको कपनमा सैलुन सञ्चालन गर्ने ४२ वर्षीय रामनन्दन ठाकुर (घर सर्लाही) र ४१ वर्षीय मिश्रीलाल यादव (घर सप्तरी) रहेका छन् ।

प्रहरीका अनुसार ठाकुर र यादवले पशुपतिनाथ मन्दिर दर्शनको क्रममा त्यहीँका एक बाबाले ‘जलिरहेको शवको खरानी शिवलिङ्गमा चढाए ग्रहदशा शान्त हुन्छ’ भनेपछि घाटे ब्राह्मणसँग खरानी मागेका थिए । त्यसक्रममा उनले ‘स्वेच्छाले ५ सय रुपैयाँ’ दिएको बयान दिएका छन् । खरानी लिएर उनीहरूले पशुपतिनाथ परिसरको शिवलिङ्गमा चढाइसकेकाले अन्यत्र लैजानको उद्देश्य नरहेको दाबी गरेका छन् ।

चारैजनामाथि हाल अभद्र व्यवहारअन्तर्गत मुद्दा दर्ता गरी म्याद थप गरिएको छ । मासु वा हड्डीजस्ता मानव अवशेष लगेको पुष्टि नभएकाले जघन्य अपराधसम्बन्धी अन्य कानुनी प्रक्रिया अघि नबढाइने प्रहरी स्रोतले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ३१, शनिबार ०७:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP