मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

यादवको आरोप: संवैधानिक अंगदेखि राजदूत नियुक्तिसम्म राजनीतिक भागबण्डाले ग्रस्त

1.6K
SHARES
यादवको आरोप: संवैधानिक अंगदेखि राजदूत नियुक्तिसम्म राजनीतिक भागबण्डाले ग्रस्त

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संवैधानिक अंगदेखि राजदूत नियुक्तिसम्म राजनीतिक भागबण्डाले ग्रस्त भएको भन्दै कडा आलोचना गरेका छन् । उनका अनुसार यस्ता भागबण्डाले संविधानको मर्ममा रहेको समावेशिताको सिद्धान्त कमजोर बनाएको छ ।

मंगलबार प्रतिनिधिसभामा बोल्दै यादवले संघीय संसदको संसदीय सुनुवाइ समितिले पटक–पटक संवैधानिक नियुक्तिमा समावेशिता सुनिश्चित गर्न सिफारिस गरे पनि व्यवहारमा लागु नभएको बताए । “कहीं दुनियामा नदेखिने यस्तो राजनीतिक भागबण्डा नेपालमा सामान्यजस्तै भएको छ,” उनले टिप्पणी गरे ।

उनका अनुसार विश्वविद्यालयहरूमा हुने नियुक्ति पनि भागबण्डाको दायरामा अड्किन्छन् । न्यायाधीश, राजदूत तथा अन्य संवैधानिक निकायका नियुक्तिहरूमा एउटै जातको वर्चस्व देखिन्छ, जुन समावेशिता र सामाजिक न्यायको भावनाविपरीत छ ।

नेपाल बहुभाषिक र बहुसांस्कृतिक देश भएकाले नीति र व्यवहार दुवैमा त्यसको प्रतिबिम्ब देखिनु पर्ने उनले जोड दिए । यादवको भनाइमा, “राजनीतिक भागबण्डाको आधारमा अवसर बाँड्ने प्रवृत्ति अन्त्य गर्नैपर्छ, नियुक्ति योग्यताको आधारमा हुनुपर्छ ।”



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २७, मंगलवार ११:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP