मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पाँचथरमा एक वर्षमा लडेर २५ जनाको मृत्यु, ग्रामीण क्षेत्रमा जोखिम उच्च

1.1K
SHARES
पाँचथरमा एक वर्षमा लडेर २५ जनाको मृत्यु, ग्रामीण क्षेत्रमा जोखिम उच्च

पाँचथर । आर्थिक वर्ष २०८१–८२ मा पाँचथरमा लडेर २५ जनाले ज्यान गुमाएका छन् । जिल्लामा भवितव्य ज्यानका घटनामध्ये लडेर मृत्यु हुनेको संख्या सबैभन्दा बढी भएको प्रहरीले जनाएको छ ।

विशेष गरी ग्रामीण क्षेत्रमा राति पैदलयात्रा गर्ने क्रममा मेलापात, गाउँघरतिरबाट फर्कंदा वा मादक पदार्थ सेवनपश्चात लड्ने घटनाले ज्यान जाने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (प्रनाउ) कौशलकुमार बुढाथोकीले जानकारी दिए । घाँसदाउरा गर्न वा पशु चराउन गएकाहरू पनि अचानक लडेर मृत्यु हुने गरेका छन् । समयमै उद्धार नहुँदा मृतक संख्या अझ बढ्ने गरेको छ ।

गत आवमा कारण नखुली १४ जनाको अकस्मात मृत्यु भएको छ । त्यसैगरी अचानक बिरामी भएर र खोलाले बगाएर ६–६ जना, आगोले जलेर, अरिङ्गालले टोकेर र करेन्ट लागेर २–२ जना, तथा चट्याङ, रुखले किचेर, सवारी दुर्घटना र पहिरोमा परेर १–१ जनाको ज्यान गएको छ ।

गत वर्ष पाँचथर प्रहरीमा २३२ वटा मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दामा भवितव्य ज्यानका मुद्दाः ६२, आत्महत्याः ४८, अभद्र व्यवहारः २७, बैंकिङ कसुर र जबर्जस्ती करणीः १२–१२, ज्यान मार्ने उद्योगः १०, लागुऔषध र फुटकर ज्यानसम्बन्धीः ९–९, बाल यौन दुव्र्यवहारः ६, ज्यानसम्बन्धी र बहुविवाहः ५–५ र सवारी ज्यान, चोरी, ठगीः ४–४ रहेका छन् ।

प्रनाउ बुढाथोकीका अनुसार विगत चार आर्थिक वर्षयता मुद्दा दर्ता संख्या स्थिरजस्तै छ— आव २०७८–७९ मा २३५, २०७९–८० मा २३४, २०८०–८१ मा २३७, र २०८१–८२ मा २३२ मुद्दा दर्ता भएका छन् । प्रहरीले अपराधको प्रवृत्ति र दरका आधारमा कार्ययोजना बनाएर काम गरिरहेको बताइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २७, मंगलवार ०५:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP