मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गुरुङको दाबी : ‘नेपालको सञ्चार क्षेत्रमा समावेशिता अनुकरणीय’

2.5K
SHARES
गुरुङको दाबी : ‘नेपालको सञ्चार क्षेत्रमा समावेशिता अनुकरणीय’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाललाई सञ्चार क्षेत्रको समावेशिताका दृष्टिले दक्षिण एसियामा एक उदाहरणीय देशको रूपमा प्रस्तुत गरेका छन् ।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले सार्वजनिक सेवा प्रशारण (पीएसबी) ऐनको कार्यान्वयन र भाषिक विविधताको समावेशमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरिरहेको बताए ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पछि सञ्चार तथा सूचना प्रविधि क्षेत्र नै सबैभन्दा समावेशी भएको क्षेत्र हो,’ मन्त्री गुरुङले भने, ‘हामीले गोरखापत्र दैनिकमार्फत ४५ भाषामा अतिरिक्त सामग्री प्रकाशन गरिरहेका छौं, जुन विश्वमै दुर्लभ उदाहरण हो ।’

उनका अनुसार रेडियो नेपालले हाल २५ वटा नेपाली भाषामा समाचार प्रसारण गरिरहेको छ भने राष्ट्रिय समाचार समिति (रासस) ले मैथिली र नेपाल भाषामा सामग्री समेट्न थालेको छ । ‘अब चाँडै तामाङ भाषामा पनि समाचार सुरु हुनेछ,’ उनले जानकारी दिए, ‘राससलाई सबै नेपाली भाषाको प्रतिनिधित्व हुने माध्यम बनाउने हाम्रो लक्ष्य छ ।’

दक्षिण एसियामा सार्वजनिक सेवा प्रशारण ऐन लागू गर्ने अग्रणी देशमध्ये नेपाल एक भएको मन्त्री गुरुङको भनाइ छ। ‘इन्डियापछि हामी दोस्रो स्थानमा छौं होला,’ उनले भने, ‘तर समावेशीताको अभ्यासका हिसाबले भने नेपाल अग्रणी देखिन्छ ।’



अगुल्टो अगुल्टो   
  • २०८२ असार ४, बुधबार १०:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP