मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न राष्ट्रपति पौडेल नुवाकोटमा

442
SHARES
बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न राष्ट्रपति पौडेल नुवाकोटमा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि सोमबार नुवाकोटको विदुर पुगेका छन् ।

राष्ट्रपति पौडेल विदुरस्थित श्री नं. १ सैन्य तालिम केन्द्र पुगेपछि जिल्लाका सुरक्षा निकायका प्रमुख तथा सम्बन्धित सरोकारवालासँग भेट गरी बाढीपछिको अवस्थाबारे जानकारी लिएका हुन् ।

सो क्रममा उनले बाढी प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्य, राहत वितरणको अवस्था र प्रभावितहरूलाई राख्न सञ्चालन गरिएको होल्डिङ सेन्टरका विषयमा जानकारी लिएका छन् ।

राष्ट्रपति पौडेलले प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुका साथै होल्डिङ सेन्टरमा रहेका बाढीपीडितसँग भेटेर उनीहरूको अवस्था र समस्याबारे समेत जानकारी लिएका छन् ।

गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण नुवाकोटसहित विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र २२, सोमबार ०७:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP