मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बाढी–पहिरोको जोखिमपछि तातोपानी नाका अनिश्चितकालका लागि बन्द

468
SHARES
बाढी–पहिरोको जोखिमपछि तातोपानी नाका अनिश्चितकालका लागि बन्द

काठमाडौं । बाढी तथा पहिरोको जोखिम बढ्दै गएपछि चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । सीमावर्ती क्षेत्रमा जोखिम कायमै रहेकाले चिनियाँ पक्षले व्यापारिक आवागमन तत्काल सञ्चालन नगर्ने निर्णय गरेको हो ।

यसअघि विनाशकारी बाढीका कारण नेपाल–चीनको अर्को महत्वपूर्ण व्यापारिक नाका रसुवागढी पनि प्रभावित भएको थियो । बाढीले रसुवाको टिमुरे बजारसँगै भन्सार तथा अध्यागमन कार्यालयका संरचनामा समेत ठूलो क्षति पुर्‍याएको छ । दुवै प्रमुख नाका प्रभावित भएपछि नेपाल–चीन व्यापारमा थप चुनौती उत्पन्न भएको छ ।

ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी निरौलाका अनुसार तातोपानी नाका आसपासको लिपिङ क्षेत्रमा पहिरोको जोखिम अझै स्थिर भइसकेको छैन । जोखिम कम नभएसम्म चिनियाँ पक्षबाट व्यापारिक गतिविधि पुनः सञ्चालन हुने सम्भावना नरहेको उनले बताएका छन् ।

यद्यपि, तातोपानी नाकाबाट यात्रुहरूको आवतजावत भने जारी रहने जनाइएको छ । व्यापारिक प्रयोजनका लागि नाका बन्द गरिए पनि मानवीय तथा यात्रु आवागमनलाई भने निरन्तरता दिइनेछ ।

रसुवागढी र तातोपानी दुवै नाका बन्द भएपछि नेपालका लागि चीनसँगको व्यापारिक आवागमनमा वैकल्पिक मार्गको आवश्यकता बढेको छ । हाल कोरला नाका मात्र सञ्चालनमा रहेकाले चीनसँगको व्यापारका लागि उक्त नाकामाथि निर्भरता बढ्ने अवस्था देखिएको छ ।

लगातारको बाढी र पहिरोका कारण सीमा क्षेत्रमा सडक, पुल तथा अन्य पूर्वाधारमा क्षति पुगेकाले व्यापारिक गतिविधि सामान्य अवस्थामा फर्काउन समय लाग्ने देखिएको छ । नाका सञ्चालनका लागि सुरक्षा अवस्था तथा भौतिक संरचनाको अवस्थालाई मुख्य आधार बनाइने बताइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र १६, मंगलवार ००:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP