मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एनसीपीद्वारा शान्ति सम्झौता १८ वर्ष पूरा भएको अवसरमा विशेष सन्देश

2K
SHARES
एनसीपीद्वारा शान्ति सम्झौता १८ वर्ष पूरा भएको अवसरमा विशेष सन्देश

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता (डीपीए) भएको १८ वर्ष पूरा भएको अवसरमा विशेष सन्देश सार्वजनिक गरेको छ । संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाममा जारी गरिएको सन्देशमा शान्ति सम्झौताले सामाजिक न्याय, सुशासन, आर्थिक समानता र समृद्धिको यात्रामा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको छ ।

सन्देशमा नेपालमा वर्ग, जातीय, लैङ्गिक तथा क्षेत्रीय आधारमा रहेको संरचनात्मक विभेद समाप्त गर्न माओवादी जनयुद्धले ऐतिहासिक योगदान गरेको दाबी गरिएको छ । शान्ति प्रक्रियाको नेतृत्व गर्दै माओवादीले देशलाई लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गराएको पनि सन्देशमा भनिएको छ ।

दाहालले शान्ति सम्झौता कार्यान्वयनका बाँकी कामहरू पूरा गर्न सबै राजनीतिक शक्तिहरू एकजुट हुन आवश्यक रहेको उल्लेख गरेका छन् । उनले जनयुद्धका सहिद, घाइते तथा बेपत्ता परिवारप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सहिदहरूद्वारा देखिएको सपनालाई पूरा गर्ने प्रतिबद्धता दोहोर्याएका छन् ।

सन्देशमा शान्ति सम्झौताले स्थापित गरेका मूल मान्यताहरू (समानतामूलक समाज, लोकतान्त्रिक शासन प्रणाली, सुशासन र समृद्धिको मार्ग) अझै पूर्णतया प्राप्त हुन बाँकी रहेको उल्लेख छ । वर्तमान राजनीतिक समस्याहरूलाई समाधान गर्न सबै पक्षले एकताबद्ध प्रयास गर्नुपर्ने दाहालको आग्रह छ ।

उनले राजनीतिक स्थिरता, संविधानको पूर्ण कार्यान्वयन र युवा पुस्ताको आकांक्षा पूरा गर्न शान्ति सम्झौताको आत्मा अनुरूप शासन प्रणाली र सुधार आवश्यक रहेको पनि बताएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर ५, शुक्रबार ०८:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP