मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समिक्षा र रचनाको स्वरमा नयाँ तीज गीत ‘आयो तीज’ सार्वजनिक

2.4K
SHARES
समिक्षा र रचनाको स्वरमा नयाँ तीज गीत ‘आयो तीज’ सार्वजनिक

काठमाडौं । चर्चित गायिकाद्वय समिक्षा अधिकारी र रचना रिमालको स्वरमा सजिएको नयाँ तीज गीत ‘आयो तीज’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गीतमा सुष्मा महराको शब्द र पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ ।

गीत मौलिक शब्दमा आधारित भई लोक–रोमान्टिक शैलीमा तयार भएको छ । छमछम नचाउने खालको बनेको यस गीतलाई केशव बाबुले एरेन्ज गरेका हुन् ।

आकर्षक भिडियो र कलाकारको अभिनय
गीतसँगै यसको आकर्षक भिडियो पनि निर्माण गरिएको छ । भिडियोमा गीतकार महरा स्वयं र प्यारीको अभिनय रहेको छ । थुप्रै कोरस सहभागी गराइएको भिडियोको निर्देशन शक्ति प्रज्वोेल घिमिरेले गरेका छन् ।

छायांकन चक्रबहादुर बराल, सम्पादन सतीश श्रेष्ठ, र कोरियोग्राफी रोहिया महर्जनले गरेका छन् । भिडियो फेसियल हाउसले निर्माण गरेको हो र म्युजिक नेपालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

जीवनका पानाबाट आएका शब्द
कार्यक्रममा गीतकार महराले गीतका शब्द केवल गीतका लागि मात्र नभई आफ्नो व्यक्तिगत जीवनकै प्रतिबिम्ब भएको बताए । उनले अतीतका अनुभूति र पीडा शब्दमार्फत उतारेकी छिन्, जसका कारण गीत हेर्ने–सुन्नेले आफ्नो जीवन पनि त्यसमा देख्न सक्ने विश्वास व्यक्त गरिन् ।

यो उनको दोस्रो तीज गीत हो । पहिलो गीतजस्तै यसपटक पनि दर्शक–श्रोतालाई मन पर्नेमा उनले विश्वास व्यक्त गरिन् ।

सिर्जनाकर्मीहरूको भनाइ
संगीतकार न्यौपानेका अनुसार, गीतका शब्द मौलिक र मार्मिक भएका कारण उनले मर्म नमर्ने गरी रोमान्टिक शैलीमा संगीत भरेका हुन् ।

भिडियो निर्देशक घिमिरेले भने, गीत मौलिक भएकाले यसलाई नेपाली कला र संस्कृतिको झल्को आउने गरी दृश्यात्मक रुपमा प्रस्तुत गरिएको बताए ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २९, बिहीबार ०६:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP