मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चलचित्र सेन्सर बोर्डमा पत्रकार कुबेर गिरीको नियुक्ति

4.3K
SHARES
चलचित्र सेन्सर बोर्डमा पत्रकार कुबेर गिरीको नियुक्ति

काठमाडौं । रंगपत्रकारिता क्षेत्रमा लामो अनुभव बटुलेका पत्रकार कुबेर गिरी चलचित्र जाँच समिति (सेन्सर बोर्ड) सदस्यमा नियुक्त भएका छन् ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले मन्त्रीस्तरबाट गरेको निर्णयअनुसार गिरी आगामी दुई वर्षका लागि बोर्ड सदस्यका रूपमा रहनेछन् ।

झन्डै २० वर्षदेखि नेपाली रंग पत्रकारिता क्षेत्रमा क्रियाशील गिरीले विभिन्न पत्रपत्रिका, नेपाल टेलिभिजन र हाल रातोपाटी डटकममार्फत निरन्तर योगदान दिँदै आएका छन् ।

नेपाल टेलिभिजनका लागि आधा दर्जनजति टेलिसिरियल र चलचित्र केन्द्रित कार्यक्रमको निर्माण तथा निर्देशन गरिसकेका गिरी चलचित्र पत्रकार सङ्घमा केन्द्रीय उपाध्यक्षको जिम्मेवारी पनि सम्हालिरहेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ जेष्ठ २७, मंगलवार ०७:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP