मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गोविन्द–सुनीताको सम्बन्धविच्छेदको हल्ला: म्यानेजर र वकिलले स्पष्ट पारे वास्तविकता

1.6K
SHARES
गोविन्द–सुनीताको सम्बन्धविच्छेदको हल्ला: म्यानेजर र वकिलले स्पष्ट पारे वास्तविकता

मुम्बई । बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनिता आहुजाको सम्बन्धविच्छेदको चर्चा फेरि सतहमा आएको छ । मिडियामा आएका समाचारअनुसार सुनिताले बान्द्रा पारिवारिक अदालतमा निवेदन दर्ता गरेर श्रीमानमाथि अन्य महिलासँग सम्बन्ध राखेको आरोप लगाएको भनिएको छ ।

तर, गोविन्दाका म्यानेजरले भने जोडीबीच अहिले कुनै समस्या नभएको स्पष्ट पारेका छन् । उनका अनुसार, ‘सम्बन्धविच्छेदसँग सम्बन्धित खबरहरू पुराना घटनामा आधारित हुन् । अहिले दुवैबीच सबै कुरा ठीकठाक छ । हामी चाँडै आधिकारिक बयान पनि जारी गर्नेछौँ ।’ समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै उनले केही व्यक्तिहरूले झूटा कथा फैलाएर फाइदा उठाउन खोजिरहेको आरोप समेत लगाएका छन् ।

यसअघि गोविन्दाका वकिल ललित बिन्द्राले पनि विवादलाई पुरानो भन्दै कुनै नयाँ मुद्दा दर्ता नभएको बताए । उनले एनडीटीभीसँग भनेका थिए, ‘कुनै ताजा मुद्दा छैन, सबै कुरा सामान्य छ । दुवै जनाले परिवारसँगै गणेश चतुर्थी मनाउने तयारी गरेका छन्, सुनिता त्यसकै तयारीमा व्यस्त छिन् ।’

गोविन्द–सुनीताको सम्बन्धविच्छेदबारे चर्चा अगस्ट २२ यता मिडियामा व्यापक भएको हो । हटरफ्लाइले सुनिताले व्यभिचार र क्रूरताको आरोपसहित अदालतमा निवेदन दिएको दाबी गरेको थियो । तर गोविन्दासँग नजिकका स्रोतहरूले यो दाबीलाई आधारहीन भन्दै खण्डन गरेका छन् ।

यसअघि गत वर्षको डिसेम्बर ५ मा पनि यस्तै समाचार बाहिरिएको थियो । त्यसबेला सुनिताले निवेदन दिएको भनिए पनि केही दिनपछि आफू र गोविन्दालाई कसैले अलग गर्न नसक्ने भन्दै उनले मिडियामा प्रतिक्रिया दिएकी थिइन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ९, सोमबार ०६:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP