मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सलमान खानको स्वास्थ्य खुलासा : ‘मस्तिष्कमा एनेयुरिज्म छ, अझै पनि काम गरिरहेछु’

3.2K
SHARES
सलमान खानको स्वास्थ्य खुलासा : ‘मस्तिष्कमा एनेयुरिज्म छ, अझै पनि काम गरिरहेछु’

काठमाडौं । बलिउड सुपरस्टार सलमान खानले आफूसँग गम्भीर स्वास्थ्य समस्या रहेको खुलासा गरेका छन् । कपिल शर्मा शोको तेस्रो सिजनको पहिलो भागमा बोल्दै उनले आफ्नो मस्तिष्कमा एनेयुरिज्मएभी मालफर्मेसन रहेको बताएका हुन् ।

एनेयुरिज्म भन्नाले मस्तिष्कका रक्तनलीहरू फुल्ने अवस्था हो । यदि यो फट्यो भने ज्यानै जाने खतरा रहने चिकित्सकहरू बताउँछन् । सलमानले भावुक हुँदै भने, ‘मेरो स्वास्थ्य ठीक छैन, तर म अझै पनि काम गरिरहेको छु। मेरो हड्डी भाँचिएको छ, छातीका हड्डा चुँडिएका छन्, तर म रुकेको छैन ।’

अनुहारमै पीडा दिने रोग: ट्राइजेमिनल न्युरेल्जिया

सलमानलाई लामो समयदेखि ‘ट्राइजेमिनल न्युरेल्जिया’ नामक दुर्लभ स्नायुगत रोग पनि छ। पहिलो पटक सन् २०१७ मा दुबईमा ‘ट्युबलाइट’ फिल्मको प्रचारप्रसारको क्रममा उनले यस रोगबारे सार्वजनिक गरेका थिए । यो रोगले अनुहारको स्नायुमा गहिरो पीडा दिन्छ — जसका कारण सामान्य क्रियाकलापहरू, जस्तै खानु, बोल्नु, वा ब्रश गर्नु पनि पीडादायी हुन्छ ।

सन् २०२३ मा ‘टाइगर ३’ को छायांकनका बेला सलमानको काँधमा गम्भीर चोट लागेको थियो। शोमा उनले आफ्ना चोट, दीर्घरोग र अभिनयप्रतिको समर्पणबारे खुलस्त ढंगले बताएका छन् । उनका अनुसार, पीडाबाट गुज्रिँदै पनि दर्शकलाई निराश नपार्ने दृढता उनको प्रेरणा हो ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार १०, मंगलवार ०४:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP