मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आठ विकेटको सहज जितसहित नेपाल फाइनलमा

390
SHARES
आठ विकेटको सहज जितसहित नेपाल फाइनलमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली एसियाली खेलकुद छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार सिंगापुरस्थित सिंगा ओभल मैदानमा सम्पन्न सेमिफाइनल खेलमा ओमानलाई ८ विकेटले पराजित गर्दै नेपाल उपाधिनजिक पुगेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको ओमान नेपाली बलरहरूको कसिलो प्रदर्शनसामु टिक्न सकेन । ओमान १९.४ ओभरमा अलआउट हुँदै मात्र ९४ रनमा सीमित भयो । कप्तान सुफ्यन महमुदले सर्वाधिक ३८ रन बनाउँदा जुबाइर अली अकबरले २२ तथा अब्दुलजलिल खानले १६ रन जोडे ।

नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट हात पारे भने साहब आलम, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए ।

९५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ९.२ ओभरमै २ विकेट गुमाएर जित सुनिश्चित गर्‍यो । लोकेश बमले आक्रामक ब्याटिङ गर्दै २६ बलमा ७ चौका र १ छक्कासहित अविजित ४४ रन बनाए । कुशल भुर्तेलले २० रन योगदान गर्दा कप्तान रोहित पौडेल २१ रनमा अविजित रहे ।

यस जितसँगै नेपाल फाइनलमा पुगेको छ । अब सोमबार हुने हङकङ र मलेसियाबीचको दोस्रो सेमिफाइनलको विजेतासँग नेपालले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

यसअघि नै सेमिफाइनलमा स्थान बनाएसँगै नेपाल एसियाली खेलकुदका लागि छनोट भइसकेको थियो । नेपालसँगै सेमिफाइनल पुग्ने अन्य तीन टोलीले पनि एसियाली खेलकुदमा स्थान सुरक्षित गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ २४, आईतवार ०६:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP