मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पत्रकार महासंघद्वारा थप आन्दोलनका कार्यक्रम सार्वजनिक

260
SHARES
पत्रकार महासंघद्वारा थप आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौं । नेपाल पत्रकार महासङ्घले सूचना तथा विज्ञापनसम्बन्धी सरकारी निर्णय खारेज गर्न दबाब बढाउँदै थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

शुक्रबार जारी विज्ञप्तिमार्फत महासङ्घले प्रेस स्वतन्त्रताको संरक्षण, सूचनामा नागरिकको पहुँच सुनिश्चित गर्न तथा संविधान संशोधनका विषयमा संसद्बाट सर्वपक्षीय कार्यदल गठनको माग गर्दै चरणबद्ध आन्दोलन घोषणा गरेको हो ।

महासङ्घले जेठ २५ देखि असार ५ गतेसम्म विभिन्न कार्यक्रम तय गरेको छ । तय कार्यक्रमअनुसार जेठ २५ गते महासङ्घका सबै संरचनाले सङ्कलन गरेका हस्ताक्षर प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीसमक्ष बुझाइनेछ । यस्तै, जेठ २७ र २९ गते देशभरका जिल्ला प्रशासन कार्यालयमा एक घण्टे धर्ना कार्यक्रम सञ्चालन गरिनेछ ।

त्यसैगरी, असार १ र ३ गते महासङ्घका प्रदेश समितिको नेतृत्वमा सबै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअगाडि धर्ना दिइनेछ । आन्दोलनको अन्तिम चरणस्वरूप असार ५ गते काठमाडौंमा पेसागत सङ्गठन तथा सरोकारवालाको सहभागितामा वृहत् ऐक्यबद्धता र्‍याली आयोजना गरिने महासङ्घले जनाएको छ ।

महासङ्घले २०८२ चैत १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी गरिएको परिपत्रप्रति आपत्ति जनाउँदै आएको छ । उक्त परिपत्रले सरकारी विज्ञापन तथा सूचना प्रवाहबाट निजी सञ्चारमाध्यमलाई वञ्चित गरेको भन्दै महासङ्घले त्यसलाई विभेदकारी र प्रेस स्वतन्त्रताविरोधी कदमको संज्ञा दिएको छ ।

सोही परिपत्र खारेजीको माग गर्दै महासङ्घ विगत केही समयदेखि चरणबद्ध आन्दोलनमा सक्रिय रहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ २२, शुक्रबार ०९:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP