मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काभा महिला भलिबल च्याम्पियनसिप: इरानसँग पराजित हुँदै बाहिरियो नेपाल

741
SHARES
काभा महिला भलिबल च्याम्पियनसिप: इरानसँग पराजित हुँदै बाहिरियो नेपाल

काठमाडौं । जारी काभा महिला भलिबल च्याम्पियनसिपमा नेपाली राष्ट्रिय महिला टोलीको उपाधि यात्रा सेमिफाइनलमै रोकिएको छ । बिहीबार भएको प्रतिस्पर्धामा इरानसँग सोझो सेटमा हार बेहोर्दै नेपाल फाइनल पुग्न असफल भएको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बहुउद्देश्यीय कभर्ड हलमा सम्पन्न दोस्रो सेमिफाइनलमा इरानले नेपाललाई २५–२०, २५–१५ र २५–११ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको छ । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरिरहेको इरान फाइनलसम्म आइपुग्दा एक सेट पनि नगुमाएको टोली बनेको छ ।

खेलको सुरुवाती चरणमा नेपालले इरानलाई दबाबमा राख्ने प्रयास गरे पनि त्यसलाई निरन्तरता दिन सकेन । पहिलो सेटमा प्रतिस्पर्धात्मक देखिएको नेपाल दोस्रो सेटपछि लय गुमाउँदै कमजोर प्रदर्शनमा सीमित भयो । तेस्रो सेटमा भने इरानले पूर्ण नियन्त्रण जमाउँदै सहज जित हात पार्‍यो ।

अब नेपालले प्रतियोगिताको तेस्रो स्थानका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ । समूह चरणमा यी दुई टोलीबीच भएको खेलमा भारतले नेपाललाई ३–२ को कठिन सेटमा हराएको थियो ।

यसअघि बिहीबार नै भएको पहिलो सेमिफाइनलमा काजकस्तानले भारतलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो । काजकस्तानले भारतलाई २५–२१, २५–१७ र २५–१४ ले पराजित गरेको हो ।

अब उपाधिका लागि इरान र काजकस्तानबीच प्रतिस्पर्धा हुनेछ । समूह चरणको भेटमा इरानले काजकस्तानलाई पनि सोझो सेटमा पराजित गरेको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ १४, बिहीबार १३:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP