मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानमन्त्री संसद्मा नआएको भन्दै ध्रुवराज राईको कटाक्ष — ‘पैसा तिरेर भए पनि ल्याऔँ’

247
SHARES
प्रधानमन्त्री संसद्मा नआएको भन्दै ध्रुवराज राईको कटाक्ष — ‘पैसा तिरेर भए पनि ल्याऔँ’

काठमाडौं । ध्रुवराज राईले प्रधानमन्त्री वालेन्द्र शाह संसद्मा उपस्थित नभएको विषयमा तीखा टिप्पणी गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै श्रम संस्कृति पार्टीका सांसद राईले प्रधानमन्त्री शाह कलाकार भएकाले “पैसा तिरेर भए पनि संसद्मा ल्याउनुपर्ने” अवस्था आएको भन्दै व्यंग्य गरे ।

सभामुख डोलप्रसाद अर्यालले समय दिएपछि सांसद राईले आफू व्यक्तिगत कुरा गर्न नभई जनताको आवाज लिएर आएको बताए । उनले अहिलेको राजनीतिक प्रणाली सही ढंगले नचलिरहेको संकेत गर्दै विपक्षी दलले सरकारलाई सहयोग गरिरहेको दाबी गरे ।

प्रधानमन्त्री संसद्मा उपस्थित नभएको विषय उठाउँदै उनले जनताले प्रधानमन्त्रीको आवाज सुन्न पाउनुपर्ने बताए । “जति महँगो भए पनि तिरौँ, प्रधानमन्त्रीलाई संसद्मा ल्याऔँ,” भन्दै उनले कटाक्ष गरे, “उहाँ कलाकार पनि भएकाले सायद पैसामा हिँड्ने बानी परेको होला ।”

प्रधानमन्त्री संसद्मा उपस्थित भई सांसदका प्रश्नको जवाफ दिनुपर्ने माग विपक्षी दलहरूले निरन्तर उठाइरहेका छन् । यही सन्दर्भमा सांसद राईले सभामुख अर्याललाई प्रधानमन्त्री र सरकारलाई संसद्प्रति उत्तरदायी बनाउन रुलिङ गर्न आग्रह गरे ।

उनले सत्ता पक्षका सांसदहरूसँग पनि प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउन पहल गर्न अनुरोध गरेका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ १२, मंगलवार १३:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP