मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एमाले सचिवालय बैठक: बादलको संयोजकत्वमा विशेष कार्यदल गठन

234
SHARES
एमाले सचिवालय बैठक: बादलको संयोजकत्वमा विशेष कार्यदल गठन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीको निर्वाचन समीक्षा, संगठन सुदृढीकरण तथा पुनर्गठनसम्बन्धी सुझाव संकलन गर्न उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा विशेष कार्यदल गठन गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा चार दिनसम्म चलेको सचिवालय बैठक आइतबार राति सम्पन्न भएको हो । बैठकमा पार्टीको आन्तरिक संरचना, कार्यविभाजन र आगामी राजनीतिक रणनीतिका विषयमा विस्तृत छलफल गरिएको थियो ।

नेताहरूले संगठनलाई थप प्रभावकारी बनाउने, जनाधार विस्तार गर्ने तथा पार्टी गतिविधिलाई व्यवस्थित बनाउने विषयमा आ–आफ्ना धारणा राखेका थिए । छलफलपछि विभिन्न जिम्मेवारी बाँडफाँटसँगै आवश्यक सुझाव संकलन गर्न कार्यदलहरू गठन गर्ने निर्णय गरिएको जनाइएको छ ।

उपमहासचिव लेखराज भट्टका अनुसार बैठकमा संगठन मजबुत बनाउने उपाय, कार्यविभाजन तथा समसामयिक राजनीतिक घटनाक्रमबारे गम्भीर समीक्षा गरिएको थियो ।

बैठकमा नेतृत्व विकास, पार्टी पुनर्संरचना र आगामी योजनाबारे समेत नेताहरूबीच विचार विमर्श भएको थियो । अन्तिम चरणमा अध्यक्ष ओलीले बैठकमा उठेका जिज्ञासा, सुझाव र टिप्पणीहरूको जवाफ दिएका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ११, सोमबार ०१:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP