मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोनाल्डोको सपना पूरा, अल–नासर साउदी लिग च्याम्पियन

1.2K
SHARES
रोनाल्डोको सपना पूरा, अल–नासर साउदी लिग च्याम्पियन

काठमाडौं । क्रिष्टियानो रोनाल्डोको नेतृत्वमा अल–नासरले अन्ततः साउदी प्रो लिगको उपाधि जितेको छ । बिहीबार भएको सिजनको अन्तिम खेलमा अल–नासरले डामक फुटबल क्लबलाई ४–१ ले पराजित गर्दै सन् २०१९ यताकै पहिलो लिग उपाधि हात पारेको हो ।

४१ वर्षीय रोनाल्डोले उक्त खेलमा दुई गोल गर्दै टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेले । सन् २०२२ डिसेम्बरमा म्यान्चेष्टर युनाइटेड छाडेर साउदी अरब पुगेका रोनाल्डोलाई विश्व फुटबलकै ठूलो स्टारका रूपमा अल–नासरले अनुबन्ध गरेको थियो । क्लबका लागि उनले सबै प्रतियोगितामा १२९ गोल गरिसकेका छन् ।

यस उपाधिसँगै अल–नासरले आफ्नो ११औँ लिग ट्रफी जितेको छ भने रोनाल्डोले इंग्ल्यान्ड, स्पेन, इटालीपछि साउदी अरबमा पनि लिग उपाधि उचालेका छन् । यसअघि उनले रियल म्याड्रिड र युभेन्टस सँग पनि लिग उपाधि जितेका थिए ।

यस सिजनको उपाधि प्रतिस्पर्धा निकै रोमाञ्चक बनेको थियो । अल–हिलाल र अल–नासरबीचको मे १२ मा भएको खेललाई साउदी लिग इतिहासकै सबैभन्दा ठूलो खेल मानिएको थियो । उक्त खेल १–१ को बराबरीमा सकिएको थियो र उपाधि दौड अन्तिम दिनसम्म पुगेको थियो ।

रोनाल्डोको आगमनपछि साउदी लिगमा ठूला खेलाडीहरूको लहर सुरु भएको थियो । करिम बेन्जेमा, एनगोलो कान्टे, रियाद महरेज, साडियो माने र नेमार जस्ता स्टार खेलाडीहरू पनि साउदी क्लबहरूमा पुगेका थिए ।

तर सिजनभर विवाद पनि कम भएन । केही खेलाडीहरूले लिगले रोनाल्डो र अल–नासरलाई विशेष प्राथमिकता दिएको आरोप लगाएका थिए । यसबारे रोनाल्डोले भने, “सबैले गुनासो गर्ने वातावरण लिगका लागि राम्रो होइन” भन्दै प्रतिक्रिया दिएका थिए ।

यद्यपि उपाधि जितेसँगै रोनाल्डो र अल–नासरले साउदी फुटबल परियोजनाको सफलतालाई नयाँ उचाइमा पुर्‍याएको विश्लेषण गरिएको छ । अहिले भने रियाधको पहेँलो समर्थक समूह र रोनाल्डोका विश्वभरका समर्थक उत्सवमा डुबेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ८, शुक्रबार ०६:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP