मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नीति तथा कार्यक्रममा सरकारको स्पष्ट दिशा नदेखिएको पुनको आरोप

390
SHARES
नीति तथा कार्यक्रममा सरकारको स्पष्ट दिशा नदेखिएको पुनको आरोप

काठमाडौं । प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि जारी छलफलका क्रममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले सरकारले प्रस्तुत गरेको दस्तावेज यथास्थितिवादी भएको टिप्पणी गरेका छन् ।

बिहीबारको बैठकमा बोल्दै उनले नीति तथा कार्यक्रमले देशलाई कुन दिशामा लैजान खोजिएको हो भन्ने स्पष्ट आधार प्रस्तुत गर्न नसकेको बताए । जनताले ठूलो अपेक्षा राखेको वर्तमान सरकारले प्राथमिकता र कार्ययोजनालाई स्पष्ट रूपमा देखाउन नसकेको उनको भनाइ थियो ।

सत्तारुढ दलले सार्वजनिक गरेको सय बुँदे कार्ययोजना र सरकारको नीति तथा कार्यक्रमबीच तालमेल नदेखिएको उल्लेख गर्दै पुनले सरकारको वास्तविक प्राथमिकता अन्योलपूर्ण रहेको बताए ।

नीति तथा कार्यक्रममाथिको छलफलका लागि पर्याप्त समय नदिइएको भन्दै उनले असन्तुष्टि पनि जनाए । विगतमा धेरै दिनसम्म विस्तृत छलफल हुने र त्यसकै आधारमा बजेट निर्माण गरिने अभ्यास रहेको स्मरण गर्दै यसपटक संसद्लाई सीमित समय दिइएको उनको टिप्पणी थियो ।

प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर प्रतिपक्षका प्रश्नको जवाफ दिनुपर्नेमा पनि उनले जोड दिए । प्रधानमन्त्रीकै दस्तावेज भए पनि त्यसमा आवश्यक स्वामित्व र सक्रियता नदेखिएको उनको आरोप थियो ।

संसद्मा देखिएको नयाँ अभ्यासप्रति कटाक्ष गर्दै पुनले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव आफैं प्रस्तुत गरेर त्यसलाई समर्थन नगर्ने प्रवृत्ति अस्वाभाविक भएको बताए ।

दुई तिहाइ नजिकको समर्थन प्राप्त सरकारले जनअपेक्षाअनुसार काम गर्नुपर्ने उल्लेख गर्दै उनले नीति तथा कार्यक्रम र चुनावी प्रतिबद्धताबीच सामञ्जस्य नदेखिएको बताए ।

छलफलका क्रममा उनले नेपालको राजनीतिक परिवर्तनबारे पनि चर्चा गरे । लामो राजनीतिक संघर्षपछि सामन्तवादी व्यवस्था अन्त्य भएर सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै त्यसको मर्मअनुसार सरकार अघि बढ्नुपर्ने धारणा उनले राखे ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख ३१, बिहीबार ११:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP