मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मागसहित श्रम संस्कृति पार्टीको संविधान संशोधन प्रस्ताव

39
SHARES
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मागसहित श्रम संस्कृति पार्टीको संविधान संशोधन प्रस्ताव

काठमाडौं । सरकारद्वारा गठन गरिएको संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलसमक्ष श्रम संस्कृति पार्टीले आफ्नो धारणा पेश गरेको छ । पार्टीका अध्यक्ष हर्क साम्पाङले बिहीबार उक्त प्रस्ताव कार्यदललाई बुझाएका हुन् ।

प्रस्तावमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख वा राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ । “जनताद्वारा प्रत्यक्ष रूपमा चुनिने कार्यकारी प्रमुख (राष्ट्रपति) हुनुपर्छ,” भन्ने धारणा प्रस्तावमा राखिएको छ ।

यस्तै, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलाई आफ्नो रोजाइअनुसार मन्त्री चयन गर्ने अधिकार दिनुपर्ने पनि पार्टीले सुझाएको छ । मन्त्री नियुक्ति गर्दा भने सबै जाति, समुदाय र लिङ्गको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने प्रस्तावमा जोड दिइएको छ ।

संसद्को भूमिकाबारे पनि संशोधन आवश्यक रहेको उल्लेख गर्दै साम्पाङले संसद्लाई मुख्यतः कानुन निर्माण गर्ने प्रभावकारी थलोको रूपमा विकास गर्नुपर्ने बताएका छन् । साथै, कार्यकारी प्रमुख निरंकुश बन्ने अवस्था आएमा महाअभियोग लगाउने स्पष्ट व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।

राज्यका सबै संरचनामा समावेशिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै प्रस्तावमा सबै जातजातिका नागरिकलाई राजनीतिक पददेखि सेना, प्रहरी र निजामती सेवासम्म सहभागी गराउने व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ ।

कार्यदलले सबै राजनीतिक दलसँग संविधान संशोधनसम्बन्धी सुझाव मागेअनुसार श्रम संस्कृति पार्टीले आफ्नो प्रस्ताव बुझाएको हो ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख १०, बिहीबार ०८:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP