मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रतिनिधिसभा निर्वाचनमा ५ अर्ब ३७ करोड खर्च

1.3K
SHARES
प्रतिनिधिसभा निर्वाचनमा ५ अर्ब ३७ करोड खर्च

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कुल ५ अर्ब ३७ करोड रुपैयाँ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिसमक्ष बुझाएसँगै आयोगले खर्च विवरण सार्वजनिक गरेको हो ।

निर्वाचन सञ्चालनका लागि आयोगले अर्थ मन्त्रालयसँग ७ अर्ब ८१ करोड ५ लाख रुपैयाँ बजेट माग गरेको थियो । तर मन्त्रालयले ६ अर्ब ७६ करोड ६६ लाख रुपैयाँ मात्र निकासा दिएको थियो । उपलब्ध बजेटमध्ये आयोगले ५ अर्ब ३७ करोड रुपैयाँ खर्च गरेको जनाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले खर्चको दृष्टिले निर्वाचन मितव्ययी भएको दाबी गरे । उनका अनुसार प्रति मतदाता औसत २ सय ८४ रुपैयाँ खर्च भएको छ । “मतपेटिका संकलनदेखि अन्य सबै प्रक्रियागत खर्च यही रकमभित्र समेटिएको छ,” उनले बताए ।

यद्यपि, निर्वाचन सुरक्षासम्बन्धी खर्चको विवरण भने आयोगसँग नरहेको जनाइएको छ । सुरक्षाका लागि अर्थ मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागलाई छुट्टै बजेट उपलब्ध गराएको थियो ।

निर्वाचन अवधिमा सुरक्षा व्यवस्थापनका लागि केही अन्तर्राष्ट्रिय सहयोग पनि प्राप्त भएको थियो । नेपाल प्रहरीका लागि सवारी साधन भारतले उपलब्ध गराएको थियो भने १ लाखभन्दा बढी अस्थायी निर्वाचन प्रहरीको तलब–भत्तामा चीनबाट आर्थिक सहयोग आएको बताइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र ५, बिहीबार १२:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP