मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

श्रम संस्कृति पार्टीले टुङ्ग्यो समानुपातिक सांसदको नाम

949
SHARES
श्रम संस्कृति पार्टीले टुङ्ग्यो समानुपातिक सांसदको नाम

काठमाडौं । श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ सांसदका रूपमा अन्ततः चार जनाको नाम टुङ्ग्याएको छ । पार्टीका केन्द्रीय कोषाध्यक्ष समिता राईका अनुसार सिफारिस गरिने व्यक्तिहरूको निर्णय भइसकेको छ ।

निर्वाचनमा पार्टीले समानुपातिकतर्फ ३ लाख ८५ हजार ९०२ मत प्राप्त गरेको थियो । सो मतका आधारमा पार्टीले प्रतिनिधिसभामा समानुपातिकतर्फ चार जना सांसद पठाउने अवसर पाएको हो । तर चार सिट कसलाई दिने भन्ने विषयमा पार्टीभित्र केही समय तीव्र मतभेद देखिएको थियो ।

अन्ततः पार्टीले आदिवासी महिलातर्फ हेटौँडाकी मन्दिरा मोक्तान, खस–आर्य महिलातर्फ अम्बिका सङ्ग्रौला, दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेल र आदिवासी जनजाति कोटाबाट पूर्व गोर्खा लाहुरे पूर्ण लिम्बूलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय गरेको जनाएको छ ।

यसअघि समानुपातिक सूचीभित्रको विवादका कारण खस–आर्य समूहमा पहिलो नम्बरमा रहेका जीवन विष्टले आफ्नो नाम सूचीबाट फिर्ता लिएको घोषणा गरेका थिए । उनले पदका लागि विवाद गर्नुभन्दा त्यागको उदाहरण प्रस्तुत गर्न आफूले नाम फिर्ता लिएको बताएका थिए ।

समानुपातिक चयनलाई लिएर पार्टीभित्र चर्किएको विवादका क्रममा पार्टी अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका थिए । उनले ‘भात खाऊ, मेरो टाउको नखाऊ’ भन्दै अनावश्यक विवाद नगर्न चेतावनी दिएका थिए । साथै समानुपातिक विषयमा अनावश्यक हल्ला गर्नेहरूलाई पार्टीबाट निष्कासनसमेत गर्ने चेतावनी दिएका थिए ।

उक्त निर्वाचनमा श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ तीन सिट जितेको छ । खोटाङ, भोजपुर र सुनसरी–१ बाट पार्टीका उम्मेदवार विजयी भएका थिए । समानुपातिकतर्फ पनि थ्रेसहोल्ड पार गर्दै पार्टीले राष्ट्रिय दलको मान्यता कायम राखेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन ३०, शनिबार १३:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP