मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान

637
SHARES
शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएका छन् । स्रोतका अनुसार देउवा बुधबार सिंगापुर एयरलाइन्सको उडानमार्फत सिंगापुरतर्फ प्रस्थान गरेका हुन् । उनीसँग केही नजिकका सहयोगीसमेत सिंगापुर गएको बताइएको छ ।

पार्टीको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि देउवा सक्रिय राजनीतिबाट केही समययता टाढा देखिएका छन् । यसअघि जेनजी आन्दोलनका क्रममा देउवामाथि कुटपिट भएको थियो । सो घटनापछि उनले सिंगापुरमै उपचार गराएका थिए ।

आसन्न निर्वाचनमा देउवा उम्मेदवार नभएकोले पनि उनी चुनावअघि नै विदेश गएका हुन् । यसपटक डडेल्धुराबाट कांग्रेसको टिकट नैनसिंह महरले पाएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन १४, बिहीबार ०६:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP