मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव: पहाड र हिमालमा बदली, तराईमा हुस्सु र तुवाँलो

702
SHARES
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव: पहाड र हिमालमा बदली, तराईमा हुस्सु र तुवाँलो

काठमाडौं । नेपालमा हाल उपल्लो वायुमण्डलमा सक्रिय रहेको पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको असर विशेषगरी पहाडी र हिमाली क्षेत्रमा परेको छ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको छ ।

दिउँसोको अवस्था
आज दिउँसो तराईका केही स्थानमा बिहानपख हुस्सु देखिन सक्ने सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने अन्य पहाडी र हिमाली क्षेत्रमा आंशिक बदलीको अवस्था रहने अनुमान गरिएको छ ।

यी तीनै प्रदेशका पहाडी र हिमाली क्षेत्रमा थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना छ । साथै अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

रातिको पूर्वानुमान
आज राति तराईका केही स्थानमा तुवाँलो लाग्नेछ । हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान छ । तराईका भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सतर्कता अपनाउन आग्रह
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा चट्याङ्गसहित हल्का वर्षा र हिमपात हुन सक्ने भएकाले दैनिक जनजीवन, कृषि कार्य, स्वास्थ्य सेवा, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने देखिन्छ । यसकारण आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबैमा अनुरोध गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन १४, बिहीबार ००:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP