मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

टी–२० पुरुष विश्वकपः श्रीलंकामाथि इङ्ल्यान्डको जित

754
SHARES
टी–२० पुरुष विश्वकपः श्रीलंकामाथि इङ्ल्यान्डको जित

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा सुपटर ८ अन्तर्गत आज भएको खेलमा इंग्ल्यान्डले श्रीलंकामाथि अर्को प्रभावशाली जित दर्ता गरेको छ । कम स्कोरको खेलमा इंग्ल्यान्डले ५१ रनको महत्वपूर्ण जित निकाल्यो ।

टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्ड घरेलु स्पिनमैत्री पिचमा संघर्षरत देखियो । निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १४६ रनमै सीमित भएको इंग्ल्यान्डका लागि सुरुआत राम्रो हुन सकेन । पावरप्लेमा ३७–२ को अवस्थामा पुगेको टोलीका कप्तान जोस बटलर डुनिथ वेलालागेको बलमा एल्बीडब्ल्यू आउट भए भने ज्याकब बेथेल महिश थीक्षानाको पहिलो बलमै आक्रामक प्रहार गर्ने क्रममा क्याच आउट भए ।

टम ब्यान्टन रनआउट हुँदा इंग्ल्यान्ड थप दबाबमा परेको थियो । श्रीलंकाका कप्तान दासुन शनाकाको सिधा थ्रोले ब्यान्टनलाई पभेलियन फर्कायो । घरेलु टोलीका बायाँहाते स्पिनर वेलालागे २६ रन खर्चदै तीन विकेट लिएर उत्कृष्ट देखिए भने थीक्षाना र तीव्र बलर दिल्शन मदुशंकाले समान दुई–दुई विकेट लिए ।

इंग्ल्यान्डका लागि फिल साल्टले मात्र संयमित प्रदर्शन गरे । उनले ३६ बलमा अर्धशतक पूरा गर्दै ६ चौका र २ छक्कासहित ६२ रन बनाए । तर शारीरिक रूपमा असहज देखिएका साल्टको इनिङ्स त्यत्तिमै रोकियो । विल ज्याक्सले १४ बलमा २१ रनको छोटो तर साहसी इनिङ्स खेले ।

१४७ रनको लक्ष्य पछ्याएको श्रीलंका सुरुआतदेखि नै दबाबमा रह्यो । पावरप्लेमै ३४ रन बनाएर ५ विकेट गुमाउदै संकटमा परेको घरेलु टोलीको ब्याटिङ लयमा फर्कन सकेन । ढिलो गतिका पिचमा इंग्ल्यान्डका बलरहरूले कडा नियन्त्रण राख्दै श्रीलंकालाई १६.४ ओभरमै ९५ रनमा अलआउट गरे ।

विल ज्याक्सलाई बलिङमा प्रयोग गर्ने इंग्ल्यान्डको रणनीति सफल सावित भयो । अफस्पिनर ज्याक्सले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । जोफ्रा आर्चरले इन–फर्म पथुम निसान्कालाई प्रारम्भमै आउट गर्दै पहिलो सफलता दिलाए । उनले ३ ओभरमा २० रन खर्चेर २ विकेट झारे । आदिल रशिद र लियाम डसनले पनि समान दुई–दुई विकेट लिए ।

श्रीलंकाका कप्तान दासुन शनाकाले ३० रन बनाए पनि अन्य ब्याटरले साथ दिन सकेनन् ।

यो जितसँगै इंग्ल्यान्डले समूह चरणमा वेस्ट इन्डिजसँगको हारपछि कमजोर बनेको विश्वकप यात्रालाई पुनः लयमा फर्काउने संकेत दिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन १०, आईतवार १३:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP