मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

१३ वर्षीया छात्रामाथि जबर्जस्ती करणी आरोपमा शिक्षक पक्राउ

1.2K
SHARES
१३ वर्षीया छात्रामाथि जबर्जस्ती करणी आरोपमा शिक्षक पक्राउ

खोटाङ । जिल्लाको दिक्तेलस्थित दिक्तेल इंग्लिस सेकेण्डरी बोर्डिङ स्कुलमा अध्ययनरत १३ वर्षीया छात्रामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।

सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका–१ नेले घर भई सोही विद्यालयमा कार्यरत टेकबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार फागुन ९ गते होमवर्क सिकाइदिने बहानामा शिक्षक खत्रीले छात्रालाई आफ्नै कोठामा बोलाएर जबर्जस्ती करणी गरेका थिए ।

घटनापछि करिब तीन घण्टासम्म बालिकालाई कोठामै थुनेर राखिएको पीडित परिवारले जनाएको छ । बालिका रुँदै घर पुगेपछि अभिभावकले घटनाबारे जानकारी पाएका थिए । त्यसपछि पीडितका बुवा र काका आरोपीको कोठामा पुगेर उनलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिसकिएको छ । आरोपीविरुद्ध जबर्जस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन १०, आईतवार ०७:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP