मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंका विभिन्न क्षेत्रमा आज विद्युत् सेवा अवरुद्ध

975
SHARES
काठमाडौंका विभिन्न क्षेत्रमा आज विद्युत् सेवा अवरुद्ध

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा मर्मत तथा पूर्वाधार सुदृढीकरण कार्यका कारण निर्धारित समयका लागि विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ ।

प्राधिकरणका अनुसार बानेश्वर वितरण केन्द्र अन्तर्गत पर्ने सिनामंगल चोक र तिलगंगा क्षेत्रमा विद्युत् कटौती हुनेछ । तिलगंगा आँखा अस्पताल अगाडि रहेको एक पोल ढल्किएकोले त्यसलाई व्यवस्थित गर्न ११ केभी क्षमताको प्रसारण लाइन अस्थायी रूपमा बन्द गरिने जानकारी दिइएको छ ।

तिलगंगा, प्रकाश सन्यास आश्रम, सम्भुमार्ग, गौशाखा तथा विमानस्थल आसपासका क्षेत्रमा बिहान ११ बजेदेखि १२ः३० बजेसम्म विद्युत् अवरुद्ध हुनेछ । त्यसपछि तिनकुने, गैरीगाउँ, सिनामंगल र विमानस्थल क्षेत्रअन्तर्गतका स्थानमा दिउँसो १ बजेदेखि २ः३० बजेसम्म विद्युत् सेवा प्रभावित हुनेछ ।

यस्तै, महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा पनि आज विद्युत् कटौती हुने भएको छ । काठमाडौं उपत्यकाको मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत वितरण लाइन भूमिगत गर्ने कार्य भइरहेकाले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सेवा अवरुद्ध गरिने प्राधिकरणले जनाएको छ ।

बालुवाटार, शिवपुरी स्कुल, पाण्डोल मार्ग तथा प्रधानमन्त्री निवास आसपासका क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् कटौती हुनेछ ।

त्यसैगरी हेपाली हाइट, च्यासिङडोल, देउराली जनता, भगवती मन्दिर, धापासी लगायतका स्थानमा पनि सेवा प्रभावित हुनेछ । वंशीधर मार्ग, चण्डोल, विशालनगर, सेन्ट्रल अपार्टमेन्ट र टुँडालदेवी मन्दिर क्षेत्रका उपभोक्ताले भने दिउँसो १२ बजेदेखि २ बजेसम्म विद्युत् अवरोधको सामना गर्नुपर्नेछ ।

विद्युत् अवरुद्धबाट हुन गएको असुविधाप्रति प्राधिकरणले उपभोक्तासमक्ष क्षमायाचना गर्दै मर्मत कार्य छिटो सम्पन्न गरी सेवा नियमित गरिने जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन ९, शनिबार ००:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP