मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बुर्तिबाङ १३२ केभी सवस्टेसन नियमित सञ्चालनमा

481
SHARES
बुर्तिबाङ १३२ केभी सवस्टेसन नियमित सञ्चालनमा

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा निर्माण गरिएको १३२ केभी बुर्तिबाङ सवस्टेसन मङ्गलबारदेखि नियमित रूपमा सञ्चालनमा आएको छ । फागुन २ गते निर्माण कार्य सम्पन्न भएपछि फागुन ३ र ४ गते परीक्षण गरी प्रसारण लाइनलाई औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो ।

आयोजना प्रमुख मनोज चौधरीका अनुसार सवस्टेसन एक वर्षअघि नै सञ्चालनमा ल्याउने लक्ष्य रहे पनि विभिन्न अवरोधका कारण ढिलाइ भएको थियो । विशेषगरी बागलुङको बडिगाड गाउँपालिका क्षेत्रमा स्थानीयवासीले टावर निर्माण र लाइन विस्तारमा अवरोध गरेपछि काम प्रभावित भएको थियो । सोही विषयमा स्थानीयले सर्वोच्च अदालतमा रिट दायर गरेपछि करिब डेढ वर्षसम्म निर्माण कार्य रोकिएको थियो ।

गत वर्ष असार ९ गते सर्वोच्च अदालतले रिट खारेज गरिदिएपछि निर्माण कार्यलाई तीव्रता दिइएको चौधरीले बताए । “हामीले अघिल्लो वर्ष नै सञ्चालनमा ल्याउने तयारी गरेका थियौँ, तर विभिन्न समस्या समाधान गर्न समय लाग्यो । फागुन २ गते निर्माण सम्पन्न गरेर परीक्षणपछि नियमित प्रसारण सुरु गरेका छौँ,” उनले भने ।

पहाडी जिल्लालाई केन्द्रीय प्रसारण प्रणालीसँग जोड्ने उद्देश्यले कपिलवस्तुको मोतिपुरबाट अर्घाखाँचीको सन्धिखर्क, गुल्मीको तम्घास, पौँदीअमराई हुँदै बुर्तिबाङसम्म १३२ केभी प्रसारण लाइन विस्तार गरिएको हो । उक्त लाइन निर्माण कार्य विसं २०७८ चैत १२ गतेबाट सुरु गरिएको थियो । कपिलवस्तुबाट बुर्तिबाङसम्म करिब ८६ किलोमिटर दूरीमा ‘डबल सर्किट’ तार विस्तार गरिएको आयोजनाले जनाएको छ ।

कुल चार अर्ब ७९ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको यो आयोजना सञ्चालनमा आएसँगै बागलुङसहित आसपासका पहाडी जिल्लामा विद्युत आपूर्ति थप व्यवस्थित र भरपर्दो हुने अपेक्षा गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन ६, बुधबार ०७:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP