मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रास्वपाद्वारा निर्वाचन लक्षित नागरिक करारपत्र सार्वजनिक

1.9K
SHARES
रास्वपाद्वारा निर्वाचन लक्षित नागरिक करारपत्र सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न निर्वाचनलाई लक्षित गर्दै आफ्नो प्राथमिकता, वर्तमान राजनीतिक अवस्थाको मूल्याङ्कन र भावी लक्ष्य समेटिएको नागरिक करारपत्र सार्वजनिक गरेको छ । पार्टीले देशको शासकीय सुधार, आर्थिक नीतिको पुनर्संरचना र सामाजिक समावेशीतालाई केन्द्रमा राखेर करारपत्र सार्वजनिक गरेको जनाएको छ ।

करारपत्रमा बहुलवादी संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने, सामाजिक न्यायसहितको उदार अर्थनीति अवलम्बन गर्ने तथा प्रदेश संरचनालाई सुधार गरी प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ । साथै, समन्यायात्मक समावेशीता प्रवर्द्धन, सनातन सभ्यताको सम्मान, धार्मिक तथा सांस्कृतिक विविधताको संरक्षण र सन्तुलित परराष्ट्र सम्बन्ध कायम गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ ।

पार्टीले डायस्पोराको सामर्थ्य परिचालन र सौम्य शक्तिको विस्तारमार्फत नेपालको सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानलाई अझ सुदृढ बनाउने लक्ष्य लिएको उल्लेख गरेको छ ।

त्यस्तै, राजनीतिक दलहरूमा देखिएको दलीयकरण अन्त्य गर्ने, २०४६ सालपछि आर्जित सम्पत्तिको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्ने प्रस्ताव पनि करारपत्रमा समावेश गरिएको रास्वपाले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन ३, आईतवार १०:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP