मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौं–१ मा चुनावी समीकरण रोचक, पाँच उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने संकेत

1.4K
SHARES
काठमाडौं–१ मा चुनावी समीकरण रोचक, पाँच उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने संकेत

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को चुनावी समीकरण यसपटक निकै रोचक बनेको छ । नेपाली कांग्रेसको आन्तरिक विवादको असर सबैभन्दा बढी देखिएको क्षेत्रका रूपमा काठमाडौं–१ लाई हेरिएको छ ।

पाँच प्रमुख उम्मेदवारबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रञ्जु दर्शनालाई उम्मेदवार बनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट रवीन्द्र मिश्र, नेपाली कांग्रेसबाट प्रबल थापा, नेकपा (एमाले)बाट मोहनराज रेग्मी तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट मेनका भण्डारी कृतु’ चुनावी मैदानमा छन् ।

झण्डै ४८ हजार ८ सय मतदाता रहेको यस क्षेत्रमा मत विभाजन हुने आँकलनका कारण करिब १० हजार मत ल्याउने उम्मेदवारको जित सुनिश्चित हुन सक्ने अनुमान गरिएको छ । प्रमुख पाँच उम्मेदवारले पाँच हजारदेखि १० हजारसम्म मत प्राप्त गर्न सक्ने आँकलन राजनीतिक वृत्तमा गरिएको छ ।

रुस–युक्रेन युद्धबाट पीडितहरूका लागि काम गर्दै आएका भण्डारीको उम्मेदवारीले पनि चुनावी माहोलमा नयाँ चर्चा थपिएको बताइन्छ । नेकपाको जित सम्भावना कम रहेको मानिँदै आएको यस क्षेत्रमा पछिल्लो समय आधार विस्तार भएको दाबी दलनिकट कार्यकर्ताले गरेका छन् ।

केही समयअघि सम्पन्न नेपाली काँग्रेसको महाधिवेशनको प्रभाव पनि यस क्षेत्रमा देखिएको छ । लामो समयदेखि निर्वाचित हुँदै आएका प्रकाशमान सिंहले टिकट नपाएपछि प्रबल थापा उम्मेदवार बनेका हुन् । पार्टीमा लामो समय योगदान दिएका नेता–कार्यकर्ता असन्तुष्ट रहेको र यसले काँग्रेसको मत आधारमा असर पारेको विश्लेषण गरिएको छ ।

एक समय काँग्रेसको बलियो पकड रहेको मानिएको काठमाडौँ–१ मा यसपटक पार्टीभित्र सक्रिय कार्यकर्तालाई बेवास्ता गरिएको आरोपसमेत उठेको छ । उता, राप्रपाबाट उम्मेदवार बनेका रवीन्द्र मिश्रको राजनीतिक निर्णय, जेन्जी आन्दोलनका बेला एमालेको भूमिका तथा रास्वपाले पुकार बमको सट्टा रञ्जु दर्शनालाई उम्मेदवार बनाएपछि बनेको नयाँ समीकरणले निर्वाचन परिणाम अनुमान गर्न कठिन बनेको विश्लेषण गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २८, बुधबार ०८:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP