मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुविसको वार्षिकोत्सवमा रक्तदान कार्यक्रम, सामाजिक सेवामा जोड

1.1K
SHARES
सुविसको वार्षिकोत्सवमा रक्तदान कार्यक्रम, सामाजिक सेवामा जोड

काठमाडौं । सुनुवार विद्यार्थी समाज (सुविस) ले आफ्नो २८औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । ‘रक्तदान, जीवनदान’ भन्ने नारासहित कार्यक्रम माघ १४ गते काठमाडौंको कोटेश्वरस्थित सुनुवार सेवा समाज (सुसेस) भवनमा हुने आयोजकले जनाएको छ ।

बिहान १०ः३० बजेदेखि दिउँसो २ः०० बजेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग रहनेछ । रक्त संकलन, स्वास्थ्य परीक्षण तथा डोनर व्यवस्थापनलगायतका सम्पूर्ण प्राविधिक पक्ष रेडक्रसको सहकार्यमा सञ्चालन गरिने सुविसले जनाएको छ ।

कार्यक्रममार्फत युवाहरू, विद्यार्थी तथा सर्वसाधारणलाई सामाजिक सेवामा सक्रिय रूपमा सहभागी गराउने उद्देश्य राखिएको छ । रक्त अभावका कारण उपचारमा समस्या नहोस् भन्ने लक्ष्यसहित नियमित रूपमा यस्ता मानवीय कार्यक्रम आयोजना गर्दै आएको सुविसले यसपटक पनि व्यापक सहभागिताको अपेक्षा गरेको छ ।

सुविस अध्यक्ष मुस्कान सुनुवारका अनुसार, वार्षिकोत्सवलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी समाजका लागि प्रत्यक्ष लाभ पुग्ने गतिविधिसँग जोड्ने नीति लिइएको हो । “रक्तदान जस्तो जीवनरक्षक कार्यमार्फत समाजप्रतिको उत्तरदायित्व पूरा गर्न खोजेका छौँ । रक्तको अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो,” उनले बताए ।

आयोजकले कार्यक्रममा स्वास्थ्य मापदण्डको पूर्ण पालना गरिने र पहिलोपटक रक्तदान गर्नेहरूका लागि समेत परामर्श तथा सहजीकरणको व्यवस्था गरिने जनाएको छ । साथै, कार्यक्रममा सहभागी भई रक्तदान गर्न इच्छुक सबैलाई समयमै उपस्थित भई यस मानवीय अभियानमा हातेमालो गर्न सुविसले आग्रह गरेको छ ।

सुविस सुनुवार सेवा समाजको भातृ संस्था हो ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ ९, शुक्रबार ०७:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP