मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अत्तरखेलबाट नक्कली नोटसहित ६ जना पक्राउ

1.8K
SHARES
अत्तरखेलबाट नक्कली नोटसहित ६ जना पक्राउ

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर क्षेत्रबाट नक्कली नेपाली नोटसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल चोकबाट प्रहरीले नेपाली एक हजार दरका ७६ थान नक्कली नोट बरामद गरेको हो । सोही क्रममा शंखरापुर नगरपालिका–४ साँखुमा बसोबास गर्ने तथा सिन्धुपाल्चोकको बाह्रबिसे गाउँपालिका–२ घर भएका ३२ वर्षीय दावा नोर्वु शेर्पासहित ६ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको संयुक्त टोलीले बुधबार राति उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष १७, बिहीबार ०७:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP