मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुनचाँदीको मूल्य आज पनि घट्यो

1.1K
SHARES
सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्य घटेको छ । सोमबारदेखि ओरालो लाग्न थालेको सुनको मूल्य घट्ने क्रमले बिहीबार पनि निरन्तरता पाएको हो ।

सोमबार प्रतितोला ६ सय, मंगलबार ७ हजार ९ सय, बुधबार १ हजार ९ सय र बिहीबार १ हजार ४ सय रुपैयाँले सुन घटेको छ । यसरी चार दिनमा सुनको मूल्य कुल ११ हजार ८ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला ४ हजार ४ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ४ सय १५ रुपैयाँमा झरेको छ । यो अघिल्लो दिनको तुलनामा ५५ रुपैयाँ कम हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ३ सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष १७, बिहीबार ०५:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP