मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खिजीदेम्बाबाट चार विद्यार्थी त्रिविको ५१औँ दीक्षान्त समारोहमा दीक्षित

2.1K
SHARES
खिजीदेम्बाबाट चार विद्यार्थी त्रिविको ५१औँ दीक्षान्त समारोहमा दीक्षित

खिजीफलाटे (ओखलढुङ्गा) । ओखलढुङ्गाको खिजि देम्बा गाउँपालिका–२, पोल्थली, रगनीस्थित श्री चण्डेश्वरी उच्च माध्यमिक विद्यालयबाट सञ्चालित क्याम्पसका चार विद्यार्थी त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहमा दीक्षित भएका छन् ।

२०८० सालको स्नातक तहको परीक्षामा सहभागी ३२ जना विद्यार्थीमध्ये २४ जना उत्तीर्ण भएका थिए । सोही क्याम्पसबाट अध्ययन गरेका नेत्रकुमारी सुनुवार, अन्जु श्रेष्ठ, प्रेक्षा खत्री र राधिका घिमिरे पौडेलले यस वर्ष काठमाडौंमा आयोजित ५१औँ दीक्षान्त समारोहमा सहभागी भई उपाधि ग्रहण गरेका हुन् ।

त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह पुस १० गते राजधानी काठमाडौंस्थित दशरथ रङ्गशालामा भव्य रूपमा सम्पन्न भएको थियो । समारोहमा स्नातकदेखि विद्यावारिधिसम्मका विभिन्न तहका गरी कुल ८९ हजार १९१ विद्यार्थीमध्ये १६ हजार ३८० जना विद्यार्थी दीक्षित भएका थिए ।

दीक्षित विद्यार्थीहरूले आफ्नै गाउँमै रहेको क्याम्पसबाट उच्च शिक्षा हासिल गरी राष्ट्रिय स्तरको दीक्षान्त समारोहमा सहभागी हुन पाउँदा आफूहरू अत्यन्तै खुसी र गर्व महसुस भएको प्रतिक्रिया दिएका छन् । ग्रामीण क्षेत्रमै गुणस्तरीय उच्च शिक्षा प्राप्त गर्न सकिने उदाहरण आफूहरूले प्रस्तुत गरेको उनीहरूको भनाइ छ ।

क्याम्पस प्रशासनले पनि २०८० सालका विद्यार्थीमध्ये चार जना विद्यार्थी राष्ट्रिय स्तरको दीक्षान्त समारोहमा दीक्षित हुन सफल भएकोमा खुशी व्यक्त गरेको छ । आगामी दिनमा अझ धेरै विद्यार्थीलाई गुणस्तरीय, व्यवहारिक र प्रतिस्पर्धी शिक्षा प्रदान गर्ने लक्ष्यका साथ शैक्षिक गतिविधि थप सुदृढ बनाइने क्याम्पसको प्रतिबद्धता रहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष १३, आईतवार ०७:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP